Rule 22
निरीक्षण अधिकृतको नियुक्ति
: (१) विभागले नियम २१ बमोजिम योग्यता पुगेका विभाग वा अन्तर्गत कार्यरत अधिकृत कर्मचारीलाई आवश्यकता अनुसार निरीक्षण अधिकृतको रूपमा नियुक्त गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम आवश्यक सङ्ख्यामा निरीक्षण अधिकृत नियुक्त गर्न नसकिएमा विभागले नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा अन्य सरकारी निकायमा कार्यरत कुनै अधिकृत कर्मचारीलाई सम्बन्धित मन्त्रालय, विभाग वा सरकारी निकायको सहमतिमा र प्रदेश सरकार वा स्थानीय तहमा कार्यरत कुनै अधिकृत कर्मचारीलाई सम्बन्धित प्रदेश वा स्थानीय तहको सहमतिमा निरीक्षण अधिकृतको रुपमा काम गर्ने गरी तोक्न सक्नेछ ।

(३) यस नियम बमोजिम निरीक्षण अधिकृत नियुक्ति गर्दा वा तोक्दा त्यस्तो निरीक्षण अधिकृतको भौगोलिक कार्यक्षेत्र समेत खुलाउनु पर्नेछ।

(४) उपनियम (१) वा (२) बमोजिम निरीक्षण अधिकृत नियुक्त गरिएको वा तोकेको सूचना र निजको विवरण विभागले आफ्नो वेबसाइटमा राख्नु पर्नेछ।